अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठाकुर र महतो बालुवाटारमा

ठाकुर र महतो बालुवाटारमा


 

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न ठाकुर महतो बालुवाटार पुग्नुभएको हो । भेटमा जसपाका बाँकी माग सम्बोधनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने तयारी गरेको छ ।

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि जसपाका धेरै माग सम्बोधन भएका छन् ।