अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु

राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु


काठमाडौं– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा रिक्त एक पदका लागि उपनिर्वाचनको मतदान सुरु भएको छ ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बिहान साढे ९ बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गर्नुभएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा हुनुहुन्छ ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।