अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बित

मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बित


सिरहा– मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सई नबलकिशोर ठाकुर तथा प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन् । गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए ।

सञ्चालक भागेपछि पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए ।