अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल पक्षको नियतिः अनुशासनमा पनि नबस्ने, एमाले भन्न पनि नछाड्ने

माधव नेपाल पक्षको नियतिः अनुशासनमा पनि नबस्ने, एमाले भन्न पनि नछाड्ने


काठमाडौं– नेपालको संगठित र अनुशासित कार्यकर्ताको पार्टी भनेर चिनिएको सत्तारुढ नेकपा एमालेमा अनुशासनहीन गतिविधिले निरन्तरता पाएको छ ।

माधवकुमार नेपाल समूहको समानान्तर गतिविधि सुरु भएपछि अनुशासन नमान्ने परिपाटी विकास हुँदै आएको छ । पार्टीको निर्देशन, ह्वीप र सर्कुलरको बेवास्ता उत्तिकै भइरहेको छ ।

केन्द्रमा माधवकुमार नेपालसहित २३ नेताले पार्टी स्पष्टीकरण बुझाउन अस्वीकार गरेकाबेला तल्लो तहमा पनि त्यही नियति दोहोरिएको छ । तर, नेता नेपालसहित पार्टी निर्देशन अवज्ञा गर्नेहरुले आफूलाई नेकपा एमालेको नेता, मन्त्री र सांसद भन्न छाडेका छैनन् ।

पार्टीको स्थायी कमिटीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी ६ जना मन्त्रीले अझै स्पष्टीकरण बुझाएनन् । उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो समय पार्टीको स्थायी कमिटीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी ६ जना मन्त्रीले अझै स्पष्टीकरण बुझाएनन् । उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो ।

शुक्रबार मन्त्री भएका ६ जनालाई नै स्पष्टीकरण पेस गर्न भनिएकोमा कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले उनीहरूले अहिलेसम्म पनि स्पष्टीकरण नबुझाएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिँदा भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का नियुक्त हुनुभएको छ ।

एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।