अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगोले जलेकी महिला ल्याउन हेलिकोप्टर जाँदै डोटी

आगोले जलेकी महिला ल्याउन हेलिकोप्टर जाँदै डोटी


काठमाडौं- वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौं ल्याउनका लागि हेलिकोप्टर जाने भएको छ ।
अज्ञात व्यक्तिले यही जेठ १२ गते बुधबार राति आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते भाटको जिल्लामा उपचार गर्न सम्भव नभएपछि मन्त्री आलेको पहल तथा अर्थमन्त्री विष्णु पौडेल तथा गृहसचिव महेश्वर न्यैपानेको समन्वयमा निजलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

आगोले जलेर गम्भीर घाइते भएकी निज महिलाको सरकारी क्षेत्रबाट नै उपचार गर्ने गरी उद्दार गरिन लागेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले उपचारका लागि रु २५ हजार पनि प्रदान गर्नु भएको छ, अन्य उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।’

घाइते महिलाको थप उपचार गर्नका लागि काठमाडौं ल्याउनका अहिले काठमाडौंबाट मन्त्री आलेसहितको टोली नेपाली सेनाको हेलिकप्टोरमा डोटी जाँदै तयारीमा रहेको छ । आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिलाको कम्तिमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन् ।

घटना घटे लगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार रहेको प्रहरीले जनाएको छ । श्रीमान् फरार रहेकाले उनले नै घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।