अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

मन्त्रिपरिषद्को बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?


काठमाडौं- मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ६ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री ढकालले जानकारी दिनुभयो ।

गत शनिबार मात्र आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको सरकारले कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

जनस्वास्थ्यविदहरुले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य रहेको सुझाव दिइरहेका बेला सरकारले विभिन्न देशसँग खोप खरिदको प्रक्रिया अगाडि बढाइरहेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न देशका समकक्षीहरूसँग खोपका लागि पत्राचार गरिरहनुभएको छ । सरकारले कोभिड खोपका लागि बजेटमा पनि यथोचित रकम विनियोजन गरेको छ ।