अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रम र जसपा नेताबीचको बैठक सकियो, सरकारमा जाने सहमति

प्रम र जसपा नेताबीचको बैठक सकियो, सरकारमा जाने सहमति


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेताहरू र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूबीचको बैठक सकिएको छ । करिब दुई घण्टा चलेको बैठक सकारात्मक भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सरकारमा आउने प्रस्ताव गर्नुभएको र जसपालाई दिने मन्त्रालय संख्या टुङ्गो लागेपछि सरकारमा जाने तयारी भएको जसपाका नेता लक्षणलाल कर्णकाले जानकारी दिनुभयो ।

जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको नेता कर्णले जानकारी दिनुभयो । तर मन्त्रालयको नाम भने उहाँले उल्लेख गर्नु भएन ।

बालुवाटारमा बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाले बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको जानकारी दिनुभयो । मन्त्रालयको भागवण्डाबारेमा प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उहाँले बताउनुभयो ।