अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रम ओली आधुनिक नेपालका निर्माता : महेश बस्नेत

प्रम ओली आधुनिक नेपालका निर्माता : महेश बस्नेत


काठमाडौं- एमालेका युवा नेता महेश बस्नेतले वर्तमान सरकारको पालामा विकासको गतिले तीव्रता पाएको बताउनुभएको छ ।

युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।

‘केपी ओली आधुनिक नेपालका निर्माता हुनुहुन्छ, तथ्यहरूले पनि यसको पुष्टि गरिरहेका छन्, धमाधम विकास भइरहेको छ,’ नेता बस्नेतले भन्नुभयो ।

मनमोहन अधिकारीपछिको विकासवादी कम्युनिष्ट नेता केपी ओली नै हुनुभएको उहाँले बताउनुभयो ।

‘मदन भण्डारी र पुष्पलाललाई सिद्धान्तका प्रणेता मानिएझै केपी ओलीलाई आधुनिक नेपाल निर्माण गर्ने कम्युनिष्ट नेता मानिन्छ । केपी ओली प्रतिपादन गर्नुभएका राष्ट्रियताका नयाँ सिद्धान्त प्रतिपादन भएर लागू भइरहेका छन्,’ उहाँले भन्नुभयो ।

भ्रष्टाचार काण्डमा मुछिएका कांग्रेस नेताले अहिले सरकारलाई सिकाइरहेका भन्दै उहाँले अब युवासंघले छानबिन गर्नुपर्ने बताउनुभयो । मुलुक एकढिक्का हुँदा कांग्रेसले नमालेका कारण संसदीय व्यवस्थालाई अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

‘अब कांग्रेसले बहुदलीय व्यवस्था छोडेको हो? लोकतान्त्रिक मूल्य मान्यता छाडेको हो?,’ पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले प्रश्न गर्नुभयो ।