अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेश : ६ मन्त्रीसहित ७ जनालाई कारवाही गर्न एमालेको सिफारिस

सुदूरपश्चिम प्रदेश : ६ मन्त्रीसहित ७ जनालाई कारवाही गर्न एमालेको सिफारिस


कैलाली- एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माओवादी केन्द्रको सरकारमा सहभागी माधव समूहका ६ मन्त्रीसहित ७ जनालाई कारवाहीको लागि सिफारिस गरेको छ ।

स्थायी कमिटीको बैठकले निर्णयविपरीत सरकारमा सहभागी भएका तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकलाई कारवाहीको लागि सिफारिस गरिएको हो ।

मन्त्रीहरूले पार्टीको निर्देशन नमानेकोले कारबाही गरिएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले नेपाली बहस डट कमलाई जानकारी दिनुभयो । थापाका अनुसार पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकले कारबाहीको सिफारिस अनुमोदन गर्नेछ ।

कारवाही सिफारिस गरिएकाहरूमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज रहेका छन् ।

साथै, सचेतक दुर्गा विकलाई पनि कारवाहीको सिफारिस गरिएको एमालेले जनाएको छ ।