अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु, आजै नतिजा आउने

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु, आजै नतिजा आउने


बुटवल- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ४ बजेपछि सुरु भएको मतगणनाको नतिजा आजै आउने छ ।

३ सय मतदातामध्ये २ सय ९७ जनाले मतदान गरेका छन् । तीन जना भने मतदानस्थलमा उपस्थित हुन सक्नु भएन ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापाले मतदान नगर्नु भएको हो ।

राणाले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेकाले मतदान नगरेको बताइएको छ । त्यस्तै, नरैनापुर गाउँपालिका अध्यक्ष साह र दरबार गाउँपालिका अध्यक्ष थापा भने बिरामी भएका कारण मतदानस्थलमा आउनसक्नु भएन ।

स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन् ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुई जना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा हुनुहुन्छ ।