काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पृष्ठभूमिका विषयमा अनेक टिप्पणी उठेका बेला एक जना प्राज्ञले उहाँको विद्यार्थी कालको राजीनीतिको पृष्ठभूमि स्पष्ट पारिदिनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति उपेन्द्र कोइरालाले विद्यार्थीकाल नेतृ विद्या पाण्डे नै अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी भनेर चिनाउनु भएको छ ।
कोइरालाले लेख्नुभएको छ, ‘विद्या पाण्डे निरङकुश पञ्चायती व्यवस्थाको विरोधमा ज्यानको परवाह नगरी संघर्षको मोर्चाको अग्रपंक्तीमा नेतृत्व प्रदान गर्ने अविचलित योद्दा हुन् ।’ कोइरालाले आफूले करिब चार दशकअघि महेन्द्रमोरङ क्याम्पस विराटनगर पढांउदा विद्या पाण्डे त्यही पढ्ने विद्यार्थी र अनेरास्ववियूको नेता भएको स्मरण गर्नुभएको छ ।
कोइराला अगाडि लेख्नुहुन्छ ‘२०३६ सालको विद्यार्थी आन्दोलन,फणिन्द्र तिमिल्सिनाको हत्याकाण्डको विरोधको आन्दोलन, महेन्द्र मोरङ क्याम्पसको स्ववियू निर्वाचन, अनेम संघको मोरङको नेता लगायतका तत्कालिन निरङकुश शासनको विरोधमा पुर्याउनु भएको योगदान अहिलेको कथित परिर्वतनकारीलाई थाहा नभएको हो ।’
कोइरालाले अगाडि थप्नुहुन्छ, ‘त्यती बेलाकी विद्या पाण्डे नै अहिले सम्माननीय राष्ट्रपति विद्या भण्डारी हुनुहुन्छ भन्ने जानकारी नहुनु दुःखको कुरा हो । सम्माननीय राष्ट्रपतिको योगदान समकालिन नेताहरूको भन्दा कमी छैन बरु बढी नै छ ।’







प्रतिक्रिया