अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन पत्रकारिताले गणतन्त्र र सरकारविरुद्ध अफवाह फैलियो : प्रम ओली

मिसन पत्रकारिताले गणतन्त्र र सरकारविरुद्ध अफवाह फैलियो : प्रम ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिताले गणतन्त्र र सरकारका विरुद्ध अनेक अफवाह फैलाएको बताउनुभएको छ ।

युवा संघ नेपालको सचिवालय बैठकलाई आज भर्चुअलरूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ‘व्यक्तिको स्वार्थ सिद्धीको पक्षमा र देश र जनताको विपक्षमा हुने मिसन पत्रकारिताको पक्षमा हामी छैनौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले मिडिया हाउस खोलेका छैनौँ र गणतन्त्रप्रति वितृष्णा जगाउने पत्रकारिताको पक्षमा पनि छैनौँ ।’

प्रधानमन्त्री ओलीले युवा संघका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा स्टाटस लेखेर, एसएमएस गरेर पार्टी र सरकार विरुद्धका भ्रम चिर्न निर्देशन दिनुभएको छ ।

युवा संघलाई मर्यादित समाज निर्माणमा भूमिका निवार्ह गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । ‘अनुशासनले मानिसलाई सन्तुलित र गतिशिल बनाउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनुशासनको थोरै उल्लंघन गरेर सूर्य अर्कातिर ढल्किएमा, पृथ्वी दाँयावायाँ लागेमा के होला अवस्था ? अनुशासन पनि त्यस्तै हो मानव जीवनमा ।’