अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्काउटको टोलीद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

स्काउटको टोलीद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन


विराटनगर- प्रदेश १ को राजधानी विराटनगरमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरूको टिमले सस्थागत रूपमा पहिलो पटक कोभिड-१९ बाट संक्रमण भई मृत्यु हुनुभएका एक पुरुषको शव व्यवस्थापन गरेको छ । नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा टोलीले आज विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।

यसअघि नै संक्रमितहरूको शव ब्यवस्थापनका निम्ति प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

शव व्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरूलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको पनि घिमिरेले जानकारी दिनुभयो ।

कोभिड-१९ महामारीलाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उदेश्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि सञ्चालनमा रहेको छ ।