काठमाडौं– २०७७ सालको एसइईको नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाली बहस डटकमलाई बताउनुभयो ।
आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय यस प्रकार छ–
कोभिड १९ को कारणले पाठ्यक्रम तथा विशिष्टिकृत तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम गर्न सम्भव नभएकोले महामारीले सृजना गरेको परिस्थितीजन्य बाध्यताको कारण शिक्षा ऐन २०२८ को दफा २० बमोजिम देहाय बमोजिमको आदेश जारी गर्ने–
क) शैक्षिक सत्र २०७७ को माध्यमिक शिक्षा कक्षा १०को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)हकमा विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने ।
ख) खण्ड बमोजिमको प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने ।
ग) खण्ड क र ख बमोजिमको कार्य गर्दा राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउन सक्ने ।
घ) यस आदेशलाई नेपाल राजपत्रमा अतिरिक्तिाङ्क गरी प्रकाशन गर्ने ।
प्रतिक्रिया