अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकताका लागि दोस्रो पुस्ताका नेताहरुको मध्यरातसम्म याक एन्ड यतिमा वार्ता

एमाले एकताका लागि दोस्रो पुस्ताका नेताहरुको मध्यरातसम्म याक एन्ड यतिमा वार्ता


काठमाडौं– काठमाडौं नेकपा एमालेको विवाद समाधान गर्न दुवै पक्षका नेताहरुको औपचारिक/अनौपचारिक सक्रियता घटेको छैन । यही सिलसिला अन्तर्गत सोमबार साँझ साढे ६ बजेदेखि राति ११ बजेसम्म एमालेको दोस्रो पुस्ताका सात जना नेताहरुको बैठक होटल याक एण्ड यतिमा बसेको छ ।

बैठकमा संस्थापनबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्थ्यो भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट हुुनुहुन्थ्यो ।

नेम्वाङका अनुसार पार्टीको विवाद समाधान गर्ने प्रयास जारी छ । त्यक्रममा आन्तरिक छलफलहरु तीव्र छन् । ‘हामी पार्टी एकताका पक्षधरहरु थाकेका छैनौं,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो ‘यसैक्रममा हिजोको बैठक भएको हो । सायद यसको सुखद् परिणाम केही दिनमा थाहा पाउनुहुनेछ ।’