अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाका तीन सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप हुने सम्भावना

उपत्यकाका तीन सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप हुने सम्भावना


काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । जारी निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजेबाट सकिन लागेको बेला उपत्यकाका सीडीओहरूको बैठक बस्न लागेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आजको बैठकमा जारी निषेधाज्ञा थप गर्ने र निषेधाज्ञालाई अलि खुकुलो बनाउने वा अझै कडा बनाउने विषयमा समीक्षा हुनेछ ।

अहिले नै खाद्य पसल लगायत निर्माणको कामलाई खुकुलो बनाउने भन्ने विषयमा टुङ्गोमा नपुगेको उहाँले बताउनुभयो । यस अघि जेठ ११ गते बसेको वैठकले उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले निषेधाज्ञामा भीड्भाड बढेको भन्दै किराना पसल, डिपार्टमेन्टल स्टोल, निजी तथा सार्वजनिक निर्माणको काम समेत बन्द गर्ने निर्णय गरेको थियो ।

तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।