अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष

पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष


काठमाडौं- नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल भएको छ ।

यसअघि पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका ५/५ जना सदस्यहरू गरी स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङको संयोजकत्वमा कार्यदल गठन भएको थियो । तर, कार्यदलका केह नेताहरूलाई पार्टीले कारबाही गरेका कारण तयो कार्यदल पुर्नगठन हुनसक्ने समेत परराष्ट्रमन्त्री एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

मंगलबार स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ जना नेताहरुमाथी कारबाही गर्ने सम्बन्धमा कुनै छलफल भएन बरु, पार्टी एकताका लागि हदैसम्म लचिलो बन्ने निष्कर्श बैठकको रहेको ज्ञवालीले जानकारी दिनुभएको छ । उहाँले बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रका बारेमा पनि छलपफल भएको बताउनुभयो ।

त्यस्तै, सर्वोच्च अदालतमा विचारधीन मुद्दाका विषयमा विपक्षीहरूबा भएका गतिविधका बारेमा पनि समीक्षाा भएको बताउनुभयो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पनि स्पष्टीकरण सोधिएका नेताहरूले स्पष्टकिरण नबुझाएपनि उहाँहरू सम्पर्कमै रहनुभएको प्रतिक्रिया दिनुभएको छ ।