काठमाडौं- गत २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१७ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २८५ र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोभिड-१९ संक्रमण मुक्त भएका छन् । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया