अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपामा लफडा

उपेन्द्रलाई जसपाबाट निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय

उपेन्द्रलाई जसपाबाट निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय


काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य सन्तोष मेहताका अनुसार आज बबरमहलमा बसेको अध्यक्ष ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष यादवलाई कारबाही गर्ने निर्णय गरेको हो ।

आजै पार्टी कार्यालय बालकुमारीमा बसेको यादव पक्ष कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेर कारबाही गरेको थियो ।

अध्यक्ष यादवले गरेको कारबाही पार्टीको विधान विपरित भएको ठाकुर पक्षको दाबी छ । अध्यक्ष यादवलाई पार्टीको कारवाही गरेकोबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको केन्द्रीय सदस्य मेहताले जानकारी दिनुभयो ।

यसैबीच, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ ।

पार्टी कार्यलय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको भन्दै अध्यक्ष यादवले निर्वाचन आयोगमा मंगलबार अपराह्न निर्वाचन आयोगमा पत्र पठाउनुभएको हो ।