काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० थप हुने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा १० दिन थप गर्नेबारे छलफल गरेको हो ।
साथै, बैठकमा केही क्षेत्रहरूलाई सहज बनाउन आंशिक रूपमा बजार खुला गर्ने विषयमा पनि छलफल भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको हो । आजको बैठकमा छलफल मात्रै भएको र बुधबार बिहान निर्णय गरिने प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
कोरोना संक्रमणदर बढेपछि गत वैशाख १६ देखि उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।







प्रतिक्रिया