अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा खोप राजनीति : आफू सुटुक्क लगाउने, अनि विरोध गर्ने

विराटनगरमा खोप राजनीति : आफू सुटुक्क लगाउने, अनि विरोध गर्ने


विराटनगर । कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोप लगाएकोमा चर्को आलोचना गर्दै आएका नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जिल्ला स्वास्थ्य कार्यालय मोरङमार्फत खोप लगेको रहस्य सार्वजनिक भएको छ ।

केही दिनअघि विज्ञप्ति जारी गर्दै खोप वितरणका विषयमा प्रश्न उठाएका कार्कीले सोमबार दिउसो अढाइ बजेतिर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहतालाई फोन गरेर खोप माग्नुभयो । मेहताले आफूले एकल निर्णयबाट खोप दिननसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलालाई फोन गर्नुभयो ।

निरौलाले तीन भायलदिएर पठाउनु भन्ने निर्देशन दिएपछि मेहेताले कार्कीलाई खोप उपलब्ध गराउनु भएको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । सचेतक कार्कीले पत्रकारहरुसँग आफुले खोप नलगेको दावी गर्नुभएको छ । उहाँले आफुले फ्रन्टलाईनरलाई दिनका लागि खोप मागिरहेको बताउनुभएको छ ।

हिलो डोज खोप लगाएर विभिन्न जिल्लामा मौज्दात रहेको खोप प्रदेश १ स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा जम्मा भएपछि सामाजिक विकास मन्त्रालयले फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई संघ संस्थाको सिफारिसमा खोप लगाइरहेको छ ।

खोप लगाउने जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङलाई दिईएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव विरेन्द्र मगरले जानकारी दिनुभएको छ ।

आफू खोप लाउने पिएलाई नाराबाजी गर्न उक्साउने

सिटी सिनेमाहलमा खोप लगाउने अभियानमा विघटित संघीय संसदका सांसद अमनलाल मोदीले पनि खोप लगाउनुभएको छ । उहाँले खोप लगाउने वित्तिकै स्वकीय सचिव ताजिम अन्सारीले त्यहाँ नारावाजीमा उत्रनु भएको थियो ।

केही समयअघि सामाजिक विकास मन्त्रालयमार्फत सोर्स लगाएर पहिलो खोप लगाउनुभएका मोदीले सिटी सिनेमा हलमाअवधि नपुगी दोस्रो खोप लगाएको एक स्वास्थ्य कर्मचारीको भनाइ छ । ति कर्मचारीकाअनुसार त्यहाँ १५ भायलखोप लगाएर १५० जनाको नाम मन्त्रालयमा दिईएको छ ।

स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरूका अनुसार एक भायल खोपले ११ जनालाई सम्मलाई लगाइने गरिएको छ । कतिपय सन्दर्भमा यो विवरण नराखीकनखोप कार्ड मात्रै दिईएर खोप लगाउने गरिएको छ ।

मोदीले पनि आफुले खोप नलगाएको दाबी गर्नुभएको छ । खोप स्थलमा पुगेको मोदीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उहाँको दाबीलाई झुटा सावित भएको छ ।