अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनावश्यक शंका नगर्नुस् : मुख्यमन्त्री राई

अनावश्यक शंका नगर्नुस् : मुख्यमन्त्री राई


विराटनगर– प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग छलफल गर्नु भएको छ ।

आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग मंगलबार दिउँसो परामर्श गर्नु भएको छ । छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिनुभयो । बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको छ । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नगर्न समेत विपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।