नवलपरासी– पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी) को उद्योगमा आगलागी भएको छ ।
बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालिको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिए पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
आगलागीको कारण खुलेको छैन ।







प्रतिक्रिया