अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक आज ४ बजे

एमाले स्थायी कमिटी बैठक आज ४ बजे


काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो ।

एमालेमा माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा आउन नचाहेको निष्कर्षका निकालिएको छ ।

स्रोतका अनुसार नेपाल समूहका सफ्ट कर्नरका नेताहरुलाई पार्टीमा फर्काउन अधिकतम पहल सुरु भएको छ ।