अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा

उपत्यकामा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा


काठमाडौं- उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा थप गरिए पनि केही खुकुलो गरिएको छ ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

यद्यपि, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन् ।

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ । तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा बिहीबार राति १२ बजेपछि समाप्त हुनेछ ।