अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु

काठमाडौंको नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु


काठमाडौं- चन्द्रागिरि नगरपालिका-१३ को पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका(९ का २० वर्षीय टेकबहादुर चेपाङ रहनुभएको छ ।

प्रहरीका अनुसार प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासि उनीहरूमाथि पर्खाल खसेको थियो ।

माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका-२ का १८ वर्षीय हरि घले घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।