काठमाडौं- आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । भोलि अपरान्ह ४ बजे बस्ने गरि आजको बैठक स्थगित भएको हो ।
आजको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची थियो । मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो ।
एमालेमा माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा आउन नचाहेको निष्कर्षका निकालिएको छ ।
स्रोतका अनुसार नेपाल समूहका सफ्ट कर्नरका नेताहरूलाई पार्टीमा फर्काउन अधिकतम पहल सुरु भएको छ ।







प्रतिक्रिया