अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ५३१६ संक्रमित थपिँदा ७२१९ जना डिस्चार्ज

आज ५३१६ संक्रमित थपिँदा ७२१९ जना डिस्चार्ज


काठमाडौं- गत २५ घण्टामा देशभर ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज काठमाडौं जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ । त्यस्तै, गत २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ