काठमाडौं- नेकपा एमालेभित्रको विवाद समाधानका लागि नेताहरूबीचको भेटवार्ताले तीव्रता पाएको छ । आज उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेल र माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईबीच छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा पार्टीभित्रको विवाद कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
यसअघि सोमबार राति दुवै पक्षका नेताहरूबीच पनि छलफल भएको थियो । महासचिव पोखरेलले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग निरन्तर छलफल गरिरहनुभएको छ ।
प्रतिक्रिया