अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ २१ देखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन

जेठ २१ देखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन


कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी सुरु हुन लागेको हो ।

सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले डोटीमा केही दिनअघि भएको आगलागीको घटनामा घाइते हुनु भएका आमा छोरीको उपचारका लागि रु दुई लाख दिने निर्णय समेत गरेको छ । यसैगरी, बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोकेको छ ।