काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टरालाईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।







प्रतिक्रिया