अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरेन्द्र, घनश्यामतर्फ लक्षित गर्दै नेपालले भन्नुभयो- दोस्रो पुस्ताको आश मलाई छैन

सुरेन्द्र, घनश्यामतर्फ लक्षित गर्दै नेपालले भन्नुभयो- दोस्रो पुस्ताको आश मलाई छैन


काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई एमालेभित्रको दोस्रो पुस्ताको आश नभएको बताउनुभएको छ ।

एमाले एकताका लागि गठित कार्यदलमा आफू पक्षका नेताहरूप्रति संकेत गर्दै पूर्वप्रधानमन्त्री नेपालले सो कुरा बताउनुभएको हो ।

नेता नेपालले आफूनिकट जनर्गीय संगठन र नेताहरूसँगको आजको भर्चुअल बैठकमा नेपालले भन्नुभयो, ‘मलाई तेस्रो र चौथो पुस्ताले पूर्ण रुपमा साथ दिन्छ ।’

दोस्रो पुस्ताको नाम नलिइ उहाँले कार्यदलमा रहेका नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईलाई संकेत गर्नुभयो । कार्यदलमा रहेका माधव पक्षका संयोजक भीम रावललाई नेता नेपालसँगै एमालेले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । तर, पाण्डे लगायतको टिम अहिले पनि प्रधानमन्त्री र संस्थापन कार्यदलसँग नियमित सम्पर्कमा छ ।

ती नेताहरूतिर लक्षित गर्दै नेपालले भन्नुभयो, ‘पार्टीमा आयाराम गयारामहरु हुन्छन् । युवराज कार्की, लालबाबु पण्डितहरू हेर्नुस् । अरू पनि आयाराम, गयाराम जन्मछन् तर आफ्नो अडान हामीले छोड्नु हुँदैन ।’

आजको बैठकमा सहभागी केही जनवर्गीय संगठनका नेताहरूले तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।