अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको बैठकमा सहभागी नहुन एमालेको निर्देशन

माधव नेपालको बैठकमा सहभागी नहुन एमालेको निर्देशन


काठमाडौं– एमालेबाट निष्कासित नेता माधव नेपालले आज पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले बिहीबार विज्ञप्ती जारी गर्दै पार्टीले कारबाही गरिसकेका व्यक्तिले एमालेको बैठक भन्दै बोलाएको बैठकमा सहभागी नहुन सबैलाई आग्रह गर्नुभएको छ ।

विज्ञप्तीमा तामाङले भन्नुभएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरीतका त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु ।’

माधव नेपाल पक्षले आज भर्चुअलमाध्यमबाट केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।