अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘खुवालुङ’ जोगाएर कोशीमा पानीजहाजः मन्त्री नेम्वाङ

‘खुवालुङ’ जोगाएर कोशीमा पानीजहाजः मन्त्री नेम्वाङ


काठमाडौं– सप्तकोशी नदीमा जलयातायात सञ्चालन गर्न विवादस्पाद खुवालुङ ढुंगा नफुटाइने भएको छ । अर्थमन्त्री विष्णु पौडेले बजेट प्रस्तुत गर्ने क्रममा कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका ‘अवरोध हटाउने’ उल्लेख गर्नुभएको थियो ।

केही किराँत धर्मावलम्बी र राजनीतिक दलका नेताहरुले किराँत आस्थाको रुपमा रहेको खुवालुङ फुटाउन नपाइने भन्दै आन्दोलन गरेका थिए । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले खुवालुङ नफुटाइ जल यातायात सञ्चालनको प्रवन्ध मिलाइने बताउनुभएको छ । ‘खुवालुङ भन्दा पश्चिमतिरका ढुंगाहरु पन्साएर, फुटाएर भए पनि जलयातायात सञ्चालन गर्ने प्रबन्ध गरिन्छ,’ नेम्वाङले भन्नुभयो ।

मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मन्त्रालयको प्राविधिक टिमले खुवालुङ क्षेत्रको भ्रमण गरेर वैकल्पिक उपायको पहिचान गरिकेकोले यसमा चिन्ता नलिन सबैलाई आग्रह गर्नुभएको छ । मन्त्रालयले सबै जाती र धर्मको आस्थालाई सधैं उच्च सम्मान गर्ने श्रेष्ठले बताउनुभएको छ ।

सुनसरीको चतरादेखि भोजपुरसम्म जानका लागि मोटरबोट सञ्चालनको लागि सरकारले तयारी गरेको छ । निजी क्षेत्रबाट हाल केही कम्पनीहरुले यहाँ मोटरबोट सञ्चालन गरिरहेका छन् ।