अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनमोर्चाका सांसद थापा संसद् सदस्यबाट निष्काशित

जनमोर्चाका सांसद थापा संसद् सदस्यबाट निष्काशित


पोखरा- गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई संसद् सदस्यबाट निष्काशित गरिएको छ ।

जनमोर्चाले सांसद थापा पार्टीसदस्य नरहेको जानकारी पत्र बिहीबार संसद् सचिवालयमा दर्ता गराएको थियो । प्रदेश सभा सचिव हरिराज पोखरेलका अनुसार सो पत्रसँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढेको हो ।

‘जनमोर्चाले सांसदलाई निकालेको जानकारी दर्ता भएको छ, आजै सभामुखले संसदलाई जानकारी गराउनुहुनेछ,’ सचिव पोखरेलले भन्नुभयो, ‘राजनीतिक दल सम्बन्धी ऐनमा जे व्यवस्था छ, त्यही अनुसार हुन्छ।’ संसद सचिवालयका अनुसार सांसद थापालाई संसदबाट निष्काशन गरेको सूचना बिहिबार नै प्रकाशन हुने छ।

गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले उल्लङ्घन गर्नुभएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा पार्टीबाट निर्वाचित सांसद पार्टी सदस्यबाट निष्काशन भएको जानकारी संसद सचिवालयमा प्राप्त भएपछि संसदबाट पनि निष्काशन हुने व्यवस्था छ ।