कैलाली- कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बर्दगोरिया-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उहाँमा कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।
उपचारमा संलग्न चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर, उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको डा. श्रीपाइलीले जानकारी दिनुभयो ।







प्रतिक्रिया