काठमाडौं- बंगलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड-१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।
ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ ।
त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारी विरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीलाइृ धन्यवाद दिनुभयो ।







प्रतिक्रिया