काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा नियमित काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकअघि जसपाका अध्यक्ष महन्थ ठाकुर तथा नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।







प्रतिक्रिया