काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले खोप लगाएर सुरक्षित भएकाहरुले राष्ट्रपतिको विरोध गरेको बताउनुभएको छ ।
‘हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्,’ थापाले भन्नुभयो, ‘आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ ।’
आलंकारिक राष्ट्रपतिले खोप पहल गरेको भन्दै कतिपयले विरोध गरिरहेकाबेला थापाको भनाइ आएको हो ।







प्रतिक्रिया