काठमाडौं– पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता बीएल वाइवा नामले परिचित विष्णुबहादुर तामाङको निधन भएको छ ।
सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो ।
कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उहाँको झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको हो ।
लामा २०४८ सालको आम निर्वाचनमा उहाँ सिरहा क्षेत्र नं. ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित हुनुभएको थियो ।







प्रतिक्रिया