काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि गत बुधबार नै जारी आदेश आजबाट लागू गरिएको हो।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि चौथोपटक थपेर जेठ ३१ सम्म पुर्याइएको हो।
आज जेठ २१ देखि मर्निङवाक र इभिनिङ वाक गर्न खुला गरिएको छ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासजस्ता सामान बोकेका गाडी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यस्तै निर्माण सामग्री ढुवानीका सवारीसाधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारीसाधन मर्मतका वर्कसप तोकिएको समयमा खोल्न पाइनेछ। तर तरकारी पसल बजारमा बाहेक फुटकर सञ्चालन गर्न पाइँदैन।
सूचना विभागको प्रेसपासका आधारमा पत्रकार र प्रेस पास नहुनेले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास अनिवार्य गरिएको छ।







प्रतिक्रिया