अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जसपाका नेताहरूले शुक्रबार साँझसम्ममा शपथ लिने बताइएको छ ।

मन्त्रालय नटुंगिए पनि नाम करिव करिव फाइनल भएको छ ।

जसपा स्रोतका अनुसार महतो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनेछन् ।

अनिलकुमार झाले सहरी विकास मन्त्रालय, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने गरी टुंगो लागेको छ ।

तर मन्त्रालयम भने हेरफेर हुन सक्ने जसपाका नेताहरुको भनाइ छ ।