अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाबाट मन्त्रीको सूची तयार, एमालेबाट पनि केही नयाँ मन्त्री थप हुँदै

जसपाबाट मन्त्रीको सूची तयार, एमालेबाट पनि केही नयाँ मन्त्री थप हुँदै


काठमाडौं– जनता समाजवादी पार्टी ९जसपा०ले नयाँ मन्त्रीको सूची तयार गरेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनुभएको छ ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।

शरतसिंह भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई खानेपानी, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री दिइएको छ ।

एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्य मन्त्री, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री दिइएको छ ।

मन्त्रीहरुको शपथ आज साँझ हुँदैछ ।