अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्याबिनेटमा चार मन्त्रीले मात्रै निरन्तरता पाउँदै

क्याबिनेटमा चार मन्त्रीले मात्रै निरन्तरता पाउँदै


काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारमा एमालेका चार मन्त्रीले मात्रै निरन्तरता पाउने हुनुभएको छ ।

एमाले उच्च स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, ले मात्रै निरन्तरता पाउने सम्भावना छ ।  पौडेललाई बढुवा गरेर उपप्रधानमन्त्री बनाइँदैछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिदा पाउने निश्चित भएको छ । परराष्ट्रको जिम्मा रघुवीर महासेठलाई दिइने भएको छ ।