काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । तामाङ ओली प्रधानमन्त्री भएलगत्तै कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिनुभएको थियो ।
ओली प्रधानमन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने तामाङ पाँचौ मन्त्री हुनुहुन्छ । यसअघि पद्माकुमारी अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयश त्रिपाठी मन्त्री हुनुभएको थियो ।
प्रतिक्रिया