काठमाडौं– आफूभन्दा जुनियर नेता उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गर्नुभएको छ ।
स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि त्रिपाठीले आफूलाई मन्त्री पदमा निरन्तरता नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । राजनीतिमा म भन्दा जुनियर राजेन्द्रजीलाई उपप्रधानमन्त्री मानेर म मन्त्री बस्न सकिदनँ,’ उहाँको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
मन्त्री त्रिपाठीले महतोसँगै नयाँ उपप्रधानमन्त्री हुनुभएका विष्णु पौडेल र रघुवीर महासेठ पनि आफूभन्दा जुनियर रहेकाले पद अस्वीकार गरेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपाठीलाई धन्यवाद दिनुभएको छ ।







प्रतिक्रिया