काठमाडौं -नेकपा एमालेबाट निस्कासित नेता माधव कुमार नेपालले आज आफू पक्षका जिल्ला नेताहरुसँग छलफल गर्ने हुनुभएको छ ।
नेपालले आज आफुले बनाएका एमालेका समानान्तर जिल्ला कमिटीका पदाधिकारीहरुसँग विहान ११ बजे देखि छलफल गर्न लाग्नुभएको हो । नेपालले नयाँ पार्टी खोल्ने आँट पनि नगरेको एमालेसँग एकता गर्न पनि नसकेको भनेर उहाँ निकट नेताहरुले आलोभना गरिरहनु भएको छ । नेपालले महिना दिन अघि देखि नै पार्टी खोल्ने तयारी गरिरहे पनि निर्णय लिन नसकेको भन्दै निकट नेता कार्यकर्ताहरु टाढिन थालेका छन् । ति मध्ये कतिपय एमाले मै रहने निर्णय गरेका छन् भने केहीले तटस्थ रहने घोषणा गरेका छन् ।
यस हिजो र अस्ती दुईदिन आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएका नेपालले आफू निकट जनवर्गीय संगठनसँग छलफल गर्नुभएको छ ।







प्रतिक्रिया