अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्री महतोको बहुलठीपूर्ण अभिव्यक्तिको निन्दा र भत्सर्ना गरौँ : राजेन्द्र गौतम

उपप्रधानमन्त्री महतोको बहुलठीपूर्ण अभिव्यक्तिको निन्दा र भत्सर्ना गरौँ : राजेन्द्र गौतम


काठमाडौं- नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको भत्स गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले महतोको अभिव्यक्तिको निन्दा र भत्सर्ना गर्नुभएको हो ।

‘नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजाने र मुक्ति आन्दोलन गर्ने बहुलठीपूर्ण अभिव्यक्तिको निन्दा र भत्सर्ना गरौँ,’ गौतमले लेख्नुभएको छ ।

शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त हुनुभएका महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताउनुभएको थियो । उहाँको यो अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।