अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नेपाललाई विघटन गर्ने राजेन्द्र महतोको मुक्ति आन्दोलन स्वीकार्य हुन सक्दैन’

‘नेपाललाई विघटन गर्ने राजेन्द्र महतोको मुक्ति आन्दोलन स्वीकार्य हुन सक्दैन’


काठमाडौं- नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । उहाँले महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन गर्ने भएकोसमेत बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने उल्लेख गर्नु भएको छ ।

‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन,’ नेता गौतमले लेख्नुभएको छ, ‘राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’