अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आइपुग्यो अष्ट्रेलियाले पठाएको स्वास्थ्य सामग्री

नेपाल आइपुग्यो अष्ट्रेलियाले पठाएको स्वास्थ्य सामग्री


काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाललाई कोरोना महामारीविरुद्ध लड्नका लागि अत्यावस्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्री नेपालका लागि अष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गर्नुभयो ।

उक्त सामाग्री हस्तान्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरूप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याइएको बताउनुभयो ।

उहाँले नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहाना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरू र शव ब्यवस्थापन स्थलहरूमा प्रयोग गर्न उक्त सामाग्री प्रदान गरिएको बताउनुभयो ।

क्षेत्रीय देशसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू प्रदान गर्न सहकार्य गरिरहेको छ ।

आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्री नेपाली सेनाको अनुरोध अनुरूप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरू रहेका छन् ।

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थामार्फत अस्पतालहरूका लागि अक्सिजन र स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीलाई प्रदान गरिने तालीमाका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।